इस्लामिक देश साउदी अरेबियाका विश्वविद्यालयमा योग कक्षा सञ्चालन
एजेन्सी । योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रुपमा उत्प्रेरित गर्ने उद्देश्यले इस्लामिक देश साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ ।
साउदी विश्वविद्यालयहरूमा परम्परागत योग र योगासन दुवै विषयको परिचय गराउने र विश्वविद्यालय क्याम्पसमा विद्यार्थीहरूलाई योग अभ्यास गर्न विभिन्न विकल्पहरू प्रदान गर्ने उद्देश्यले योग कक्षा सञ्चालन गरिएको हो । योग व्याख्यान कक्षामा मानसिक र शारीरिक स्वास्थ्य दुवैलाई समेटिएको थियो र व्यावसायिक योगासन खेलकुद तालिममा सहभागी हुन स्थानीय र अन्तरराष्ट्रिय प्रतियोगिताको रूपमा विकास गर्ने उद्देश्य रहेको थियो।
साउदी युनिभर्सिटी स्पोर्ट्स फेडेरेसनसँगको सहकार्यमा साउदी योग समितिले रियादमा कार्यक्रम आयोजना गरेको हो ।
युवाहरूलाई व्यावसायिक योग प्रशिक्षणमा सामेल हुन उत्प्रेरित गराउने उद्देश्यले विश्वविद्यालय भित्र व्यावसायिक योगासन प्रतियोगिताहरूको विस्तार गर्ने योजना राखिएको छ ।
साउदी योग समितिका अध्यक्ष नौफ अलमारवाईले समितिले साउदी समाजमा व्यापक मात्रामा योगशिक्षा फैलाउने उद्देश्य राखिएको छ। योगप्रेमीको पुस्ता निर्माण गर्न साउदी विश्वविद्यालयहरूले खेलकुद महासंघसँग सहकार्य गर्न पहल गरेको बताइएको छ ।
अलमारवाईले समितिले अभ्यासकर्ताहरूको सङ्ख्या बढाउन एवं स्थानीय र क्षेत्रीय योग प्रतियोगितामा भाग लिने योग टोलीहरू निर्माण गर्न खोजिएको बताएका छन् ।
योग विशेषगरी, पूर्वीय हिन्दू समाजबाट सुरु भएको मानिन्छ । कट्टर इस्लामिक देश साउदी अरेबियाले समेत यसलाई आत्मसात गर्नुलाई सकारात्मक रुपमा हेरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया