झापामा आगलागी, १७ लाखको क्षति
झापा । मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले खाना पकाउने एलपी ग्यास चुहिएर आगलागी हुँदा दशैँको मुखमा पीडित परिवार बिचल्लीमा परेको बताए । आगलागीमा एक तलामा भएको चारकोठे पक्की घरभित्रका सबै सरसामान जलेर नष्ट भएका छन् ।
आगो निभाउन खोज्दा घरधनी राजवंशी घाइते हुनुभएको छ । आगलागी भएको घरको भुइँतलामा पसल थियो भने घरभित्र रहेको मोटरसाइकल, फ्रिज, लत्ताकपडा, फर्निचर, भाँडावर्तन र खाद्यान्न डढेर नष्ट भएको प्रनाउ महतोले जानकारी दिए ।
मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आगो निभाएका कारण थप क्षति हुन पाएन । घटना लगत्तै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती र वडाध्यक्ष ललित तामाङ आगलागीस्थल पुगेर पीडित परिवारलाई राहतको आश्वासन दिएको उपप्रमुखका स्वकीय सचिव लक्ष्मी उप्रेतीले जानकारी दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया