लुम्बिनी प्रदेश प्रमुख शेरचनले पाए कर्णाली प्रदेशको पनि जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखकोसमेत जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखमा शेरचनलाई जिम्मेवारी तेकेकी हुन् ।
२०७९ असोज १९ र २० गते क्यानडाको ओटावामा आयोजना हुने कार्यक्रममा भाग लिन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार जान लागेकाले उनको अनुपस्थितिमा कार्यभार दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
प्रदेशमा प्रदेश प्रमुख मात्र रहने संविधानमा व्यवस्था रहेको छ । जिम्मेवारी तोकिएसँगै दुईवटा प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी पाउने शेरचन पहिलो हुन् ।
प्रदेश प्रमुखको अनुपस्थितिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अन्य प्रदेश प्रमुखलाई जिम्मेवारी तोक्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया