लुम्बिनी प्रदेश प्रमुख शेरचनले पाए कर्णाली प्रदेशको पनि जिम्मेवारी
काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखकोसमेत जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखमा शेरचनलाई जिम्मेवारी तेकेकी हुन् ।
२०७९ असोज १९ र २० गते क्यानडाको ओटावामा आयोजना हुने कार्यक्रममा भाग लिन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार जान लागेकाले उनको अनुपस्थितिमा कार्यभार दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
प्रदेशमा प्रदेश प्रमुख मात्र रहने संविधानमा व्यवस्था रहेको छ । जिम्मेवारी तोकिएसँगै दुईवटा प्रदेशको प्रदेश प्रमुखको जिम्मेवारी पाउने शेरचन पहिलो हुन् ।
प्रदेश प्रमुखको अनुपस्थितिमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अन्य प्रदेश प्रमुखलाई जिम्मेवारी तोक्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया