क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्किंदै
काठमाडौ । एक नाबालिक किशोरी बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् ।
उनी कतार एयरवेजको उडानबाट बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् । यसअघि असोज १५ गते सामाजिक सञ्जालमार्फत उनले बिहीबार नेपाल फर्किएर प्रहरीसमक्ष आत्मसमर्पण गर्ने घोषणा गरेका थिए ।
स्वदेश फर्किन लागेको जानकारी नेपाल प्रहरीलाई पनि दिइसकेको उनले उल्लेख गरेका छन् । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते ती किशाेरीले उनी विरुद्ध महानगरीय प्रहरी वृत्त गौशलामा जाहेरी दिएकी थिइन् ।
उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका थिए। नेपाली क्रिकेटका कप्तानसमेत रहेका उनलाई जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरे लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन गरेको थियो।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया