उम्मेदवारी दर्ताका लागि दलहरूलाई छुट्टाछुट्टै समय

बैतडी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बैतडीमा दलहरूलाई छुट्टाछुट्टै समय उपलब्ध गराइएको छ । सर्वदलीय छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको हो ।
सहायक निर्वाचन अधिकृत तिर्थराज आचार्यका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दर्ताका लागि सबैभन्दा पहिला समय दिइएको छ । सो पार्टीलाई अहिले ११ बजेदेखि १२ बजेसम्मको समय दिइएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई १२ बजेदेखि दिउँसो १ बजे, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) लाई दिउँसो १ बजेदेखि २ बजे सम्म, नेपाली कांग्रेसलाई दिउसो ३ बजे, नेकपा (माओवादी केन्द्र) लाई ४ बजे तथा जनता समाजवादी पार्टीलाई साढे ४ बजेको समय उपलब्ध गराएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवारको हकमा समय निर्धारण नगरिएको आचार्यले बताए । ‘स्वतन्त्र उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्नेछन्,’ उनले भने । बैतडीमा प्रतिनिधिसभाका लागि एउटै मात्र क्षेत्र रहेको छ भने प्रदेशसभातर्फ दुई क्षेत्र कायम गरिएको छ ।
ताजा अपडेट
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
-
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
प्रतिक्रिया