स्वर्णिम वाग्ले टिकट पाउनबाट वञ्चित
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाउने भएका छन् ।
उनी नेपाली कांग्रेसकाे तर्फबाट चितवन क्षेत्र नंबर १ बाट चुनाव लड्ने चर्चा थियो । त्यहाँ कांग्रेसले विश्व पौडेललाई टिकट दिइसकेको छ । त्यस्तै, गोरखा १ र काठमाडौं ५ बाट पनि उनले उम्मेदवारी दिन सक्ने चर्चा नचलेको होइन ।
काठमाडौं ५ बाट प्रदीप पौडेलले टिकट पाइसकेका छन् भने गोरखा १ बाट टिकट पाउने सम्भावना पनि शून्यप्रायः छ । त्यहाँ कांग्रेसकै राजेन्द्र बजगाईं र चिनकाजी श्रेष्ठबीच टिकट पाउने विषयमा भिडन्त भइरहेको छ ।
त्यसो त वाग्लेलाई गगन थापाले आफ्नो चुनावी क्षेत्र काठमाडौं ४ छोड्ने चर्चा पनि चलेको थियो । तर, थापाले ४ नंबरबाटै उम्मेदवारी दिने भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया