ओलीको उम्मेदवारीमा समर्थक र प्रस्तावक दुवै बाहुन, निर्णायक मतदाता जनजाति
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गर्दा अध्यक्ष ओलीले प्रस्तावक र समर्थक सबै बाहुन समुदायका प्रतिनिधी छानेका छन् ।
झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं एमाले पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार सङ्घीय संसद्का लागि अध्यक्ष ओलीको मनोनयन दर्तामा केन्द्रीय सदस्य रोमनाथ ओली प्रस्तावक बनेका छन् । समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी रहेकी छिन् ।
उनीहरू दुवै जना बाहुन समुदायका हुन् । क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीलाई निर्वाचित हुन जनजाति समुदायको निर्णायक मत चाहिन्छ । तर उम्मेदवारी दर्ताको क्रममा भने त्यो समुदाय प्राथमिकतामा परेको देखिएन ।
एमालेले क्षेत्र नं ५ प्रदेश (क) मा हिक्मतकुमार कार्की र प्रदेश ९ख० मा होमबहादुर थापालाई उम्मेदवार बनाएको छ ।
एमाले अध्यक्ष ओलीले पार्टीको पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाललाई आफ्नो चुनावी कमाण्डर बनाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया