तनहुँ क्षेत्र नं १ बाट वरिष्ठ नेता पौडेलको उम्मेदवारी

तनहुँ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताए । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा हालसम्म रहेको उनको भनाइ छ । निष्ठा र अनुशासनको राजनीतिको आधार स्थापनाका लागि आफूले उम्मेदवारी दिएको बताए । ‘देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व आवश्यक छ । सोही मागअनुरुप नै मेरो उम्मेदवारी हो,’ उनले भने ।
देशको समग्र विकास र स्थिर सरकारका लागि यस निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेका कार्यका विषयमा जनतासमक्ष पु-याउन सम्पूर्ण कार्यकर्तालाई अनुरोध गरे ।
पौडेलले लामो समयदेखि जिल्लामा गतिविधिमा सहभागी भएको कार्यक्रममा उम्मेदवार बन्ने दाबी गर्दै आएका थिए । समयसमयमा जिल्लाका विभिन्न स्थानको भ्रमण गर्ने क्रममा वरिष्ठ नेता पौडेलले यसअघि नै उम्मेदवार बन्ने घोषणासहित सहयोगको लागि मतदातासमक्ष अनुरोध गर्दै आएका थिए । कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहो-याको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया