तनहुँ क्षेत्र नं १ बाट वरिष्ठ नेता पौडेलको उम्मेदवारी
तनहुँ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वरिष्ठ नेता पौडेलले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले देश र जनताका लागि उम्मेदवारी दिएको बताए । समाजमा लोकतन्त्र र संविधानको संरक्षणका लागि आफू राजनीतिमा हालसम्म रहेको उनको भनाइ छ । निष्ठा र अनुशासनको राजनीतिको आधार स्थापनाका लागि आफूले उम्मेदवारी दिएको बताए । ‘देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व आवश्यक छ । सोही मागअनुरुप नै मेरो उम्मेदवारी हो,’ उनले भने ।
देशको समग्र विकास र स्थिर सरकारका लागि यस निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेका कार्यका विषयमा जनतासमक्ष पु-याउन सम्पूर्ण कार्यकर्तालाई अनुरोध गरे ।
पौडेलले लामो समयदेखि जिल्लामा गतिविधिमा सहभागी भएको कार्यक्रममा उम्मेदवार बन्ने दाबी गर्दै आएका थिए । समयसमयमा जिल्लाका विभिन्न स्थानको भ्रमण गर्ने क्रममा वरिष्ठ नेता पौडेलले यसअघि नै उम्मेदवार बन्ने घोषणासहित सहयोगको लागि मतदातासमक्ष अनुरोध गर्दै आएका थिए । कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहो-याको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया