इरानको सरकारी टिभी ह्याक
काठमाडौं (एजेन्सी) । इरानको सरकारी टेलिभिजनलाई शनिबार प्रदर्शनकारीहरूले प्रत्यक्ष प्रसारणको क्रममा ह्याक गरेका छन् ।
देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी दक्षिणी शहर बुशेहरमा एक बैठकमा भाग लिइरहेका बेला सरकार विरोधी प्रदर्शनकारीले केही क्षण प्रसारणमा अवरोध गरेको केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ ।
देशभर चलिरहेको अशान्तिबारे झक्झक्याउन तथा सरकार विरोधी सन्देश प्रवाह गर्न उनीहरूले प्रसारणमा अवरोध गरेका हुन् ।
शिर राम्ररी नढाकेको अभियोगमा केही साताअघि पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि देशभर शुरू विरोध प्रदर्शनका क्रममा देशका विभिन्न भागमा हिंसात्मक झडप भएका छन् । त्यसक्रममा धेरैको मृत्यु भएको छ । सरकार, विपक्षी समूह, अन्तर्राष्ट्रिय मानवअधिकार सङ्गठन र स्थानीय पत्रकारहरूले त्यस्ता झडपमा ज्यान गुमाएकाहरूको फरक–फरक विवरण सार्वजनिक गरेका छन् ।
नर्वेमा रहेको इरानकेन्द्रित मानवअधिकार समूहले इरानभरि प्रदर्शन शुरू भएयता एक सय ५४ जनाले ज्यान गुमाएका जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया