उम्मेदवारी मनोनयन दर्तापछि प्रचण्डले किन भेटे गठबन्धनका शीर्ष नेताहरू ?
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विहानैदेखि चुनाव लक्षित छलफल सुरू गरेका छन् ।
आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई दायाँ–बायाँ राखेर प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवार मनोनयन दर्ता गराएका प्रचण्डले बिहान माओवादी गोरखा र स्थानीय जनप्रतिनिधिबाट छलफल प्रारम्भ गरेका हुन् । त्यसपछि उनले गठबन्धन दलका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा प्रचण्डले त्यहाँको बस्तुगत अवस्था, चुनावी रणनीति लगायत विषयमा प्रचण्डले चासो राखेको माओवादी गण्डकीका इन्चार्ज हितराज पाण्डेले जानकारी दिए ।
छलफलमा प्रतिनिधि सभातर्फ गोरखा क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईं, प्रदेश सभातर्फ उम्मेदवारसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाने सहभागी रहेका थिए ।
त्यस्तै माओवादीबाट प्रदेश सभा उम्मेदवार कृष्ण धिताल र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालगायत पनि छलफलमा सहभागी रहेको थिए । सबैसँग सामुहिक भेटघाट गरी उनी अहिले काठमाडौं फर्किएका छन् । यसअघि गृह जिल्ला चितवन ३ बाट उम्मेदवारी दिने घाेषणा गरेका प्रचण्डले अन्तिम समयमा गाेरखा २ राेजेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया