उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन
काठमाडौं (एजेन्सी) । भारतीय समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । अक्टोबर २ मा गुरुग्रामको मेदान्त अस्पतालमा भर्ना भएका उनको त्यही उपचारका क्रममा सोमबार ८ः१६ बजे मृत्यु भएको हो ।
उनी ८२ वर्षका थिए ।
आइतबार मेदान्त अस्पतालले मुलायम सिंह यादवको स्वास्थ्य अवस्था नाजुक रहेको र जीवन बचाउने औषधि खुवाइएको जानकारी दिएको थियो । पछिल्ला केही दिनयता कैयौं वरिष्ठ राजनीतिज्ञ उनको अवस्था जान्न अस्पताल पुगेका थिए ।
२८ वर्षकै उमेरमा विधायक बन्न सफल सिंहले उत्तर प्रदेशका अतिरिक्त केन्द्र राजनीतिमा समेत आफ्नो सशक्त उपस्थिति देखाउँदै आएका थिए । सरकार निर्माण गर्ने तथा गिराउनेसम्मको हैसियत उनी राख्थे ।
पहलवान र शिक्षक पृष्ठभूमिका मुलायम तीन पटक यूपीको मुख्यमन्त्री र केन्द्रमा रक्षा मन्त्री बने । उनी साहसिक राजनीतिक निर्णय लिने नेताका रूपमा समेत चिनिन्छन् ।
मुलायमको निधनप्रति भारतका विभिन्न नेताहरू दुःख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रजातन्त्रको सेनानीको उपमा दिएका छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया