प्रदीप पौडेलसँगको जम्काभेटमा के भने बालेनले ?
काठमाडौं । कांग्रेसको तर्फबाट टिकट पाएपछि युवा नेता प्रदीप पौडेल काठमाडौं ५ मा चुनावी प्रचारमा निस्किएका छन् । चुनावी प्रचारमा निस्किएका पौडेलको सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग जम्काभेट भएको छ ।
पौडेलको घरदैलो अभियान अन्तर्गत हाँडीगाउँको जात्राको क्रममा बालेनसँग जम्काभेट भएको हो । भेटका क्रममा बालेनले हात मिलाउँदै पौडेललाई जितको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौं ५ मा यसपटक पौडेलका प्रतिस्पर्धीमा एमालेका ईश्वर पोखरेल र स्वतन्त्रकी रञ्जु दर्शना छिन् ।
२०७४ सालमा तनहुँको प्रदेशसभामा झिनो मतान्तरले पराजित भएका पौडेलले यसपटक प्रतिनिधिसभामा टिकट पाएका हुन् ।
अघिल्लोपटक यो क्षेत्रमा एमालेका ईश्वर पोखरेलले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए । महत यसपटक समानुपातिकतर्फ बसेका छन् ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया