पहिरोले घर पुरिँदा हुम्लामा चार बालबालिकाको मृत्यु, पाँच घाइते

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ ।
लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो एकिन विवरण आइसकेको छैन ।
घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन पैदल हिँड्नुपर्छ । स्थानीय शाहीका अनुसार घाइते पाँच जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया