स्वास्थ्य मन्त्रालयद्वारा वैद्य निरीक्षक बर्खास्त
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैटौं तहका एक वैद्य निरीक्षकलाई बर्खास्त गरेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, धादिङका वैद्य निरीक्षक शोभा दुवाडीलाई मन्त्रालयले सेवाबाट हटाएको हो ।
पदीय आचरणविरुद्ध कार्य गरेको भन्दै दुवाडीविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको थियो । त्यसपछि आयोगले यसबारे अनुसन्धान गरेको थियो । छानबिनको निष्कर्षमा आयोगले भविष्यमा स्वास्थ्य सेवाका निम्ति अयोग्य ठहरिने गरी बर्खास्त गर्न भनेको थियो । त्यहीअनुरूप उनलाई सेवाबाट बर्खास्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया