तीन दिनदेखि अवरुद्ध सिस्नेरी–दक्षिणकालिका सडकखण्ड सञ्चालनमा
मकवानपुर। पहिरोका कारण तीन दिनदेखि अवरुद्ध मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदखि यातायात पुनः सञ्चालनमा आएको छ ।
इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा आएको पहिरोका कारण गत आइतबारदेखि अवरुद्ध भएको उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको हो ।
इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ठूलो पहिरो खसेका कारण यातायात सञ्चालनमा ल्याउन समय लागेको हो । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको थियो ।
हाल त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथलगायत सबै स्थानबाट सावरीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया