इराकी राष्ट्रपतिको निर्वाचन बिहीबार
इराक । इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी संसदले बिहीबार निर्वाचन गर्ने भएको हो । इराकी सभामुखले सो कुरा इराकको संसदलाई मङ्गलबार जानकारी दिएका हुन् ।
उनले इराकी संसदको मंगलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए । इराकी संसदका सभामुख मोहमद अल हलबोसीले सो कुराको जानकारी गराएको हो । मंगलबार संसदको नियमित पत्रकार सम्मेलनका क्रममा सभामुखले बिहीबारको संसद बैठकमा राष्ट्रपति निर्वाचनको मात्र कार्यक्रम रहेको जानकारी दिएको समाचारमा जनाइएको छ ।
सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुुसार यहाँ राष्ट्रपति पद कुर्दहरुका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरुका लागि छुट्याइएको छ । सोहीअनुसार त्यहाँका पदहरु बाँडफाँट हुदै आएका छन् ।
इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरुका बीचको आन्तरिक विवाद रही आएको छ ।
ताजा अपडेट
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
-
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रतिक्रिया