पाँच वस्ती युक्रेनी सेनाको कब्जामा
युक्रेन । युक्रेनी सेनाले दक्षिणी खेरसन क्षेत्रमा पाँचवटा बस्ती पुनः कब्जा गरेको दक्षिणी अपरेशनल कमाण्डका प्रवक्ताले बताएका छन् ।
दक्षिणी कमाण्डका प्रवक्ता भ्लादिस्लाभ नाजारोभका अनुसार बेरिस्लाभ जिल्लाको नोभोवासिलिभका, नोभोरीहोरिभका, नोभा कामियान्का, ट्राइफोनिभका र चेर्भोन गाउँ मङ्गलबार पुनः कब्जामा लिइएको हो । ती बस्ती भर्खरै रूसद्वारा गाभिएका चार क्षेत्र मध्येको एउटा हो ।
यसैबीच, रूसको आन्तरिक सुरक्षा निकायले बुधबार रूसलाई क्रिमियासँग जोड्ने मुख्य पुलमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा आठ जनालाई गिरफ्तार गरेको बताएको छ भने दक्षिणी युक्रेनी शहर जापोरिझियाका एक अधिकारीले रूसी सेनाले त्यहाँ थप आक्रमण गरेको बताएका छन् ।
रूसी संक्षिप्त नाम एफएसबीद्वारा चिनिने सङ्घीय सुरक्षा सेवाले शनिबारको आक्रमणमा पाँच जना रूसी र युक्रेनी तथा आर्मेनियाका तीन नागरिकलाई गिरफ्तार गरेको बताएको छ । आक्रमणबाट रूस र क्रिमियाली प्रायद्वीपबीचको केर्च पुलमा क्षति भएको थियो । विस्फोटक पदार्थले भरिएको ट्रक पुल पार गर्ने क्रममा विष्फोट हुँदा चार जनाको ज्यान गएको थियो ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया