सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जीपमा रहेका तीन यात्रु घाइते भएका छन् ।
सो दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काठमाडाँैतर्फ जाँदै गरेको सो गाडी अनियन्त्रित भएर पल्टिँदा चालकसहित चारजना घाइते भएका थिए ।
घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा चालकको मृत्यु भएको हो । घाइतेमध्ये वीरेन्द्रनगर नगरपालिका– ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य दुईजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका– ३ मा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नं को मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिँदा मोटरसाइकलमा सवार मोरङ उर्लावारी–४ का ५३ वर्षीय नागेन्द्रप्रसाद कोइरालाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते कोइरालाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका लागि ल्याएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया