आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रचण्डले पञ्चेबाजा प्रयोग गरेका थिए । यसैलाई आचारसंहिता उल्लंघन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृष्यका आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया