सुनको मूल्य ५०० रूपैयाँले गिरावट
काठमाडाैं । बिहीबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार नाै सय रूपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएकोमा आज ९९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै बिहीबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार पाँच सय रूपैयाँ कायम गरिएको छ । बिहीबार चाँदीकाे मूल्य भने तोलामा पाँच रूपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला एक हजार ३७५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया