सन्दीपलाई अझै पाँच दिन हिरासतमा राखिने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थपको अनुमति दिएको छ ।
उनलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान हुने भएको हो ।
यसअघि दिइएको सात दिनको म्याद आज सकिएको थियो । उनीमाथि १७ वर्षिय किशोरीले बलात्कारको आरोप लगाएकी छिन् ।
बलात्कारकाे आरोप लाग्दा वेस्ट इन्डिजमा रहेका सन्दीप झण्डै एक महिनापछि नेपाल फर्किएर पक्राउ परेका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया