अफ्रिकी देशका स्वास्थ्यमन्त्रीहरु युगान्डामा भेट्दै
अफ्रिका । अफ्रिकाका विभिन्न ११ देशका स्वास्थ्यमन्त्रीहरु युगाण्डामा भेट्ने भएका छन् । उनीहरुको बैठक युगाण्डमा हुन लागेको हो । पछिल्ला दिनहरुमा अफ्रिकी देशहरुमा इबोला संक्रमणको प्रकोप बढेकाले यसको नियन्त्रणका विषयमा आवश्यक परामर्श गर्नका लागि उनीहरुको बैठक बस्न लागेको बताइएको छ ।
अफ्रिकाका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरुले यी देशका बीचको अन्तर देशीय समन्वय गरी इबोलाको नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गर्न सो बैठक बस्न लागेको हो ।
युगाण्डामा रहेको विश्व स्वास्थ्य संगठनमा सो बैठक बस्न लागेको हो । विश्व स्वास्थ्य संगठनले अफ्रिकी देशका बीचमा इबोला नियन्त्रणका लागि अन्तर देशीय समन्वय गर्न आवश्यक रहेको बताउँदै आएको छ ।
त्यसपछि सो बैठक बस्न लागेको र एकले अर्को देशको सीमा क्षेत्रमा कडाई गर्नुका साथै इबोलाको रोकथामका लागि आवश्यक समन्वय गर्ने निर्णय स्वास्थ्य मन्त्रीहरुको सो बैठकले गर्ने भएको छ ।
युगाण्डामा प्राप्त पछिल्लो तथ्याङ्क अनुसार यहाँ इबोलाका ४८ जना सङ्क्रमित भेटिएका छन् भने केही दिन यतामात्र यहाँका १७ जनाको ज्यान गएको छ ।
त्यस्तै पछिल्लो समयमा अफ्रिकाका विभिन्न देशमा इबोलाको संक्रमण पाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया