अदालत उपस्थित भएका सन्दीपकाे हातमा छैन हतकडी !
काठमाडौं । नेपाल प्रहरीले बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको कतकडी खोलेको छ ।
उनलाई काठमाडौं जिल्ला अदालतमा पाँच दिनको म्याद थपका लागि उपस्थित गराउने क्रममा प्रहरीले हतकडी खोलेको हो ।
सन्दीपलाई बिहीबार हतकडीविनै अदालतमा उपस्थित गराइएको छ।
यसअघि गत असोज २० मा आफूमाथिको आरोपलाई सहयोग गर्न भन्दै विदेशबाट आफैँ आएका सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलमै हतकडी लगाइएको थियो ।
सन्दीपलाई जस्तै बलात्कारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरा र इट्टभट्टीमा कार्यकर्तालाई जिउँदै जलाएका कांग्रेस नेता अफताब आलमलाई पनि प्रहरीले हतकडी लगाएको थिएन । तर, आत्मसमर्पण गरेका सन्दीपलाई हतकडी लगाइएकोमा व्यापक विरोध भएको थियो ।
सन्दीपलाई नाबालिग भनिएकी एक किशोरीले बलात्कारको आरोप लगाएकी छिन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया