एमसिसीबारे नेतालाई बुझाउँदै पोखरेल

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले एमसिसी परियोजनाका विषयमा पार्टी पंक्तिलाई जानकारी गराउने भएका छन् ।
गत संसदबाट पारित भएको अमेरिकी आर्थिक सहयोग परियोजनाका बारेमा पोखरेलले ललितपुरको पार्टी पंक्तिलाई जानकारी गराउने भएका हुन् । यसका लागि आगामी २२ फागुन आइतबार ललितपुरमा अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
कार्यक्रममा क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिका पदाधिकारीहरूलाई अनिवार्य उपस्थितिको लागि आमन्त्रण गरिएको छ ।
जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रम आगामी आइतबार वेरी ब्याङ्क्वेट सातदोबाटोमा राखिएको छ ।
कांग्रेस केन्द्रले यस अघि नै एमसिसीबारे पार्टीको तल्लो तहसम्म नै जानकारी गराउने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया