कात्तिकमा ब्याजदर नबढ्ने
काठमाडौं । कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले कात्तिकमा ब्याजदर नबढाउने निर्णय गरेसँगै ब्याजदर नबढ्ने भएको हो । असोजमा बैंकहरूले निक्षेपको ब्याजदर बढाएका थिए ।
संघका अनुसार असोजमा २ देखि ४ प्रतिशतसम्म ब्याज बढाउँदा समेत निक्षेप वृद्धि नभएपछि संघले ब्याजदर वृद्धि नगर्ने सहमति गरेको जनाएको छ ।
त्यस्तै संघकै एक सीईओका अनुसार बिहीबारको बैठकमा राष्ट्र बैंकले ब्याजदर नबढाउन दिएको निर्देशनले पनि ब्याजदर नबढाउने निर्णय गरेको बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया