सत्ता गठबन्धनको चुनावी कमाण्डर पौडेल
काठमाडौं । सत्ता गठबन्धनले संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने निर्णय गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कमाण्डर तोकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार बसेको गठबन्धनको बैठकले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न पौडेलको नेतृत्वमा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । साथै, प्रदेश तथा जिल्लाहरूमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय भएको छ ।
साथै, सातवटै प्रदेशमा गठबन्धन दलका संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ ।
गठबन्धन दलहरूको संयुक्त अपिल प्रकाशनका लागि चार सदस्यीय मस्यौदा समिति पनि गठन गरिएको बैठकमा सहभागी एक नेताले बताए ।
समितिमा कांग्रेसबाट प्रकाशशरण महत, नेकपा (माओवादी केन्द्र)बाट हितमान शाक्य, नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीलाई जिम्मा दिइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग मिलेपछि सत्ता गठबन्धनमा चार दलमात्र बाँकी रहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया