नीर्जीवन बीमा कम्पनीले माघसम्ममा उठाए करिब २२ अर्ब बीमा शुल्क, शिखर इन्स्योरेन्स अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्ममा नीर्जीवन बीमा कम्पनीहरूले व्यवसायबाट २१ अर्ब ८१ करोड ४ लाख बीमा शुल्क संकलन गरेका छन् ।
सो अवधिमा कम्पनीहरूले १६ लाख ९५ हजार ७८८ वटा बीमालेख जारी गरी सो बीमा शुल्क संकलन गरेका हुन् । गत आवको सोही अवधिमा कम्पनीहरुले १७ अर्ब ८६ करोड रुपैयाँको व्यवसाय गरेका थिए । सो अवधिमा कम्पनीहरुले १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी गरेका थिए ।
गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय २२.१२ प्रतिशतले बढी हो ।
माघमा मात्रै २ अर्ब ७२ करोडको व्यवसाय
चालु आवको माघमा मात्रै कम्पनीहरूले व्यवसायबाट २ अर्ब ७२ करोड ६६ लाख बीमा शुल्क संकलन गरेका छन् । उक्त अविधमा कम्पनीहरूले २ लाख २० हजार २७२ बीमालेख जारी उक्त सोही बराबरको रकम संकलन गरेको हो ।
कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि
कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएकोघ छ । चालु आवको माघसम्ममा शिखरले सबैभन्दा धेरै २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यस्तो छ अन्य कम्पनीहरूको विवरण :

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया