दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु, ४ घाइते
काठमाडौं (एजेन्सी) । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन् ।
अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो ।
सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई अस्पताल ल्याएका थिए।
उक्त बम सडकको छेउमा राखिएको र रिमोट कन्ट्रोल यन्त्रबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् ।
अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको जिम्मा लिएका छैनन्।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया