दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु, ४ घाइते
काठमाडौं (एजेन्सी) । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।
मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन् ।
अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो ।
सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई अस्पताल ल्याएका थिए।
उक्त बम सडकको छेउमा राखिएको र रिमोट कन्ट्रोल यन्त्रबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् ।
अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको जिम्मा लिएका छैनन्।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया