सुनको मूल्यमा १ हजार रुपैयाँको गिरावट

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको हो ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आइतबार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया