निर्वाचन आयोगले सोध्यो प्रज्ञा प्रतिष्ठानलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रज्ञा प्रतिष्ठानलाई स्पष्टीकरण सोधेको छ ।
प्रतिष्ठानले निर्वाचन आचारसंहिता जारीपछि आजीवन सदस्यता प्रदान, कर्मचारी सरुवा, ग्रेड वृद्धि र करारमा नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाएको थियो । आचारसंहिताले अंकुश लगाएको गतिविधि प्रतिष्ठानले सञ्चालन गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकणमा आयोगले आचारसंहिताविपरीतका कार्य गर्नुको कारण माग गर्दै त्यसलाई अघि नबढाउन निर्देशन दिएको छ ।
आयोगले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनमत पार्टीका अध्यक्ष सिके, हाम्रो पार्टी नेपालका अध्यक्ष अनन्तराज नेपाललगायतलाई पनि निर्वाचन आचारसंहिताविपरीतको गतिविधि सञ्चालन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया