निर्वाचन आयोगले सोध्यो प्रज्ञा प्रतिष्ठानलाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रज्ञा प्रतिष्ठानलाई स्पष्टीकरण सोधेको छ ।
प्रतिष्ठानले निर्वाचन आचारसंहिता जारीपछि आजीवन सदस्यता प्रदान, कर्मचारी सरुवा, ग्रेड वृद्धि र करारमा नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाएको थियो । आचारसंहिताले अंकुश लगाएको गतिविधि प्रतिष्ठानले सञ्चालन गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकणमा आयोगले आचारसंहिताविपरीतका कार्य गर्नुको कारण माग गर्दै त्यसलाई अघि नबढाउन निर्देशन दिएको छ ।
आयोगले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनमत पार्टीका अध्यक्ष सिके, हाम्रो पार्टी नेपालका अध्यक्ष अनन्तराज नेपाललगायतलाई पनि निर्वाचन आचारसंहिताविपरीतको गतिविधि सञ्चालन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया