बागीमाथि माओवादीकाे अल्टिमेटम : साँझसम्म उम्मेदवारी फिर्ता नलिए निस्कासन गर्छौं
काठमाडौं । माओवादी केन्द्रले गठबन्धनाका साझा उम्मेदवारविरुद्ध उठेका बागी उम्मेदवारलाई सोमबारसम्म उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने भएको छ ।
माओवादीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीबाट बागी उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन साँझसम्मको अल्टिमेटम दिएको हो ।
‘गठबन्धनका आधिकारीक उम्मेदवारी दिएका सम्पूर्ण नेता तथा तीनका समर्थक र प्रस्तावकलाई आज साँझसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गर्दछौं । पार्टीको निर्देशन अवज्ञा गरेमा साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिनेछ’, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको नेतृत्वमा चाल दलले साझा उम्मेदवार बनाएर चु्नावी प्रतिस्पर्धा गरेका उनीहरू बागी उम्मेदवारका कारण अप्ठ्यारोमा परेका छन् । यसअघि गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवार उठेका कांग्रेसका नेताहरूलाई पाँच वर्षसम्म साधरण सदस्यसमेत नरहने गरी कारवाही गरेको यियो ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया