चलचित्र ‘लाखे’ को ‘तिम्रो पिरिम’ गीत सार्वजनिक

काठमाडौं । कात्तिक १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र लाखे को तिम्रो पिरिम बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत आइतबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।
हर्कुलस बस्नेत र सदीक्षा कट्टेलको स्वर रहेको गीतमा सुक्मित तामाङको आइटम डान्स देखाइएको छ । गीतमा शब्द तथा संगीत पनि हर्कुलस बस्नेतको नै रहेको छ। सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारीलाई गीतको भिडियोमा देख्न सकिन्छ।
सम्राट बस्नेतको निर्देशनमा तयार चलचित्रमा अर्पण थापा, सौगात मल्ल, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौलालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया