ट्राफिक प्रहरीद्वारा २१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ वटा दुई पाङग्रे सवारी साधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
दुई पांग्रे सवारी साधन चोरी भएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सवारी धनीले विभिन्न मितिमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा भेटिएका १५ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर हस्तान्तरण गरिएको कार्यालयले जनाएका छ ।
गत साउनदेखी असोज ३० गतेसम्म दुई पाङ्ग्रे सवारी साधन चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ४०२ ओटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्दा १५९ ओटा फेला परेका थिए । जसमध्ये साउन महिनामा ६८ ओटा र भदौ महिनामा ३८ ओटा सवारी साधन धनीलाई जिम्मा लगाइ सकिएको छ । यस्तै आज सहित असोजमा ३२ ओटा सवारी साधन सम्बन्धित धनीको जिम्मा लगाइएको छ ।
यही असोज महिनामा चोरीको एउटा मोटरसाइकल सहित नियन्त्रणमा आएका एक जनालाई भने आवश्यक कारवाहीको लागी सम्बन्धित वृत्तमा पठाइएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया