हराउँदै गएको रैथाने मार्सी धानको उत्पादन पुनः सुरु
मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसान वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन सुरु गरेका छन् । अर्गानिक बालिको रुपमा परिचित मार्सी धानले स्वास्थ्यमा गर्ने फाइदाको महत्व बुझेपछि किसान मार्सी धानको उत्पादन गर्न उत्साहित भएका छन् ।
खत्याड गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका अनुसार मार्सी धानमा अन्य धानको तुलनामा क्यालसियम, फलाम, भिटामिन सी र फोलिक एसिड प्रचूर मात्रामा पाइने भएकाले यो सुष्म तत्वको बढी आवश्यकता पर्ने बालबालिका, सुत्केरी महिला तथा वृद्धवृदा लागि अत्यन्तै फाइदाजनक मानिन्छ ।
बालिचक्र अपनाउँदा मार्सी धानको जस्तै अन्य रैथाने धानको उत्पादनमा पनि जोड दिए रैथाने बालीको जगेर्ना हुने किसान बाँच्या शाही बताउँछन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया