ब्रोकर लाइसेन्स : ११ बैंकसहित यी ४५ कम्पनीले दिए आवेदन
मापदण्ड पुगेका सबैलाई लाइसेन्स दिइने

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्स लिन ४५ कम्पनीले आकांक्षा देखाएका छन् । जसमा ११ बैंक पनि छन् ।
नेपाल धितोपत्र बोर्डले गत असोज २ मा ब्रोकर लाइसेन्स लिन इच्छुक कम्पनीसँग आवेदन माग गरेको थियो । निर्धारित समयभित्र ४५ कम्पनीले आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
नियमावलीमा सेयर किनबेचको काम गर्ने ब्रोकरका लागि चुक्ता पुँजी २० करोड हुनुपर्ने व्यवस्था छ । मार्जिन कारोबार गर्ने, लगानी परामर्शको सेवा दिने, लगानी व्यवस्थापन गरिदिने र निक्षेप सदस्यको काम गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड रूपैयाँ छ । यही मापदण्ड पछ्याएर उनीहरूले आवेदन दिएका हुन् ।
नयाँ लाइसेन्सका लागि आवेदन दिनेमा नबिल सेक्युरिटिज, हिमालयन सेक्युरिटिज, सेन्चुरी सेक्युरिटिज, मेगा स्टक मार्केट्स, एनएमबी सेक्युरिटिज, माछापुच्छ«े सेक्युरिटिज, एनआइसी एसिया सेक्युरिटिज, प्रभु स्टक मार्केट्स क्यापिटल, सानिमा सेक्युरिटिज, नेपाल राष्ट्र बैंक, सनराइज सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज लि., क्यापिटल म्याक्स सेक्युरिटिज, कलश सेक्युरिटिज प्रालि, हिमालयन ब्रोकरेज कम्पनी, एनएमबी सेक्युरिटिज लिमिटेड, केबिएल सेक्युरिटिज लिमिटेड। प्रोपर्टी बिजार्ड लिमिटेड र सेयर प्रो सेक्युरिटिज प्रालि छन् ।
त्यसैगरी, सन् सेक्युरिटिज प्रालि, पाही इन्भेस्टमेन्ट प्रालि, मियो सेक्युरिटिज प्रालि, मेगा स्टक मार्केट्स लिमिटेड, एलिट स्टक हाउस लि, इन्फिनिटी सेक्युरिटिज लि., इन्डेक्स सेक्युरिटिज लिमिटेड, जेबिएनएल सेक्युरिटिज लि., आरबीबी सेक्युरिटिज कम्पनी लि., एसपिएसए सेक्युरिटिज लिमिटेड, नबिल सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज प्रालि, ट्रेडमो सेक्युरिटिज प्रालि, आकाश भैरव सेक्युरिटिज, क्यापिटल हब प्रालि, गरिमा सेक्युरिटिज लि., स्टककार्टस सेक्युरिटिज लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेज, सिबिआइएल सेक्युरिटिज लिमिटेड, इगल स्टक इक्युटी प्रालि, इन्दिरा सेक्युरिटिज प्रालि, सजिलो ब्रोकर लिमिटेड, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्लुचिफ सेक्युरिटिज लिमिटेड, बेनी सेक्युरिटिज प्रालि, रोडसो सेक्युरिटिज लि., सिजी इन्भेष्टमेन्ट लि, म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट, मनी वल्र्ड सेयर एक्सचेन्ज प्रालि, सेच्नुरी सेक्युरिटिज लिमिटेड र एप्पल सेक्युरिटिज लिमिटेडले पनि लाइसेन्सको चाहना गर्दै आवेदन दिएका छन् ।
नेप्सेका अनुसार आवेदन दिने बैंकहरूमा हिमालयन बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, सानिमा बैंक, सन्राइज बैंक र सेन्चुरी कमर्सियल बैंक रहेका छन् ।
नेपाल धितोपत्र बोर्डले म्याद सकिएको ३५ दिनभित्र लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । मापदण्ड पूरा गरी आवेदन दिएका सबैलाई आवेदन उसको योजना छ ।
बैंक तथा वित्तीय संस्थाले पनि ब्रोकर लाइसेन्स पाउने भएका छन् । यसअघि ०६४ सालमा नै बोर्डले बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिने तयारी थालेको थियो । तर अर्थ समितिले रोकेपछि अवरुद्ध हुनपुग्यो ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया