कांग्रेस उम्मेदवारका २९१ सारथि, जो जिताउन खटिदैछन् जिल्लाजिल्लामा
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार समिति विस्तार गरेको छ ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९, केन्द्रीय प्रचार प्रसार समिति गठन गरेका थिए । देउवाले सोमबार २९१ सदस्य मनोनयन गरेर समितिलाई विस्तार गरेका हुन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ केन्द्रीय प्रचारप्रसार समितिमा पार्टी सभापति शेरबहादुर देउवाले २९१ सदस्य मनोनयन गरेको जानकारी दिए ।
समिति सदस्यमा उमा रेग्मी, मीनबहादुर विश्वकर्मादेखि सरिन घिमिरे, गंगा गौतमसम्म छन् । मनोनीत सदस्यहरूले अब पार्टी तथा गठबन्धनका उम्मेदवार जिताउन आफूलाई जिम्मेवारी दिइएको जिल्लामा खटिएर भूमिका खेल्नुपर्नेछ ।
हेर्नुहोस् सूची

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया