युक्रेनको लागि विश्वव्यापी दबाब सिर्जना गरौं : पौडेल
काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले स्वतन्त्र राष्ट्र युक्रेनको अस्तित्व रक्षाको लागि विश्वव्यापी दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा लेख्दै पौडेलले स्वतन्त्र मुलुकमाथि आक्रमण गर्ने कार्य उचित नहुने भन्दै दबाब सिर्जना गर्नुपर्ने बताएका हुन् ।
‘रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन’ पौडेलले भनेका छन्, ‘युद्धले सामाधान दिन सक्दैन । स्वतन्त्र राष्ट्रको अस्तित्व कायमगर्न विश्व व्यापी दवाव सिर्जना गरौं ।’
रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताकाे खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन। युद्धले सामाधान दिन सक्दैन
स्वतन्त्र राष्ट्रको अस्तित्व कायमगर्न विश्व व्यापी दवाव सिर्जना गरौं— Pradip Paudel (@paudelpradipNC) March 3, 2022
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया