यी हुन् स्थानीय निर्वाचनका लागि आयोगले गरेका ४ निर्णय
काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि चार बुँदे निर्णय सार्वजनिक गरेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएको छ ।
आयोगले स्थानीय तह निर्वाचनको लागि नेपाल सरकारबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको जानकारी दिएको छ । त्यस्तै स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार राजनीतिक दलहरुको नाम २६ फागुनभित्रमा प्रकाशन गरिनेछ ।
स्थानीय तह निर्वाचनका लागि आठ अर्बको सुनिश्चितता

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया