वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर बढाए, कुन बैंकले कति बढाए ?

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनामा मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाउने निर्णय गरेको छ । मुद्दती निक्षेप तथा बचतको ब्याज नबढाउने भएपनि बैंकहरूले कर्जाको ब्याज भने बढाउने भएका छन् ।
बैंकहरुले आजजदेखि लागू हुनेगरी कर्जामा ब्याज बढाउने भएका हुन् । बैंकहरुले ब्याज बढाएसँगै कात्तिकमा कर्जा लिने ऋणीले १८ प्रतिशतभन्दा बढी ब्याज तिनुपर्ने भएको छ ।
बैंकहरुले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदरअनुसार कात्तिकमा सबैभन्दा बढी बैंक अफ काठमाण्डूको ब्याजदर १८.२८ प्रतिशत छ । बैंक बैंक अफ काठमाण्डूको आधारदर १०.२८ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरूको औषत आधारदर ९.९२ प्रतिशत रहेको छ । औषतभन्दा कम आधारदर भएका बैंकहरू १० वटा रहेका छन् । जसमा प्रभु बैंकको आधारदर ९.६२ र ब्याजदर १६.६२ प्रतिशत रहेको छ । कृषि विकास बैंकको आधारदर ९.२७, एभरेष्ट बैंकको आधारदर ९.२५, नेपाल इन्भेष्टमेन्ट बैंक ९.१३, स्टयान्डर्ड चार्टर्ड बैंक ८.४५, सिद्धार्थ बैंक ९.८५, नेपाल बैंक ८.९१ र नबिल बैंकको ८.७७ प्रतिशत रहेको छ ।
यी बाहेक अरु बैंकको आधारदर औषतभन्दा बढी रहेको छ । सिभिल बैंकको आधारदर ११.१५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको आधारदर ७.८६ प्रतिशत ब्याजदर १२.८६ प्रतिशत रहेको छ । यस्तै माछापुच्छ्रे बैंकको आधारदर १०.३६ र अधिकतम ब्याजदर १७.८७ प्रतिशत छ ।
सनराइज बैंकको आधारदर १०.८१ प्रतिशत रहेको छ कर्जाको ब्याजदर १७.८१ प्रतिशत छ ।
यस्तै सेन्चुरी बैंकको कर्जा ब्याजदर १७.७५ प्रतिशत आधारदर १०.७५ प्रतिशत, एनसीसी बैंकको ब्याजदर १७.५२ प्रतिशत आधारदर १०.५२ प्रतिशत रहेको छ । त्यसैगरी मेगा बैंकको ब्याजदर १७.४६ प्रतिशत आधारदर १०.४६ प्रतिशत रहेको छ ।
कुमारी बैंकको ब्याजदर १७.३७ प्रतिशत, आधारदर १०.८७ प्रतिशत, सानिमा बैंकको ब्याजदर १७.०४ प्रतिशत, आधारदर १०.०४ प्रतिशत रहेको छ ।
प्राइम बैंकको ब्याजदर १६.९८ प्रतिशत, आधारदर ९.९९ प्रतिशत रहेको छ । यस्तै एनआईसी एशिया बैंकको ब्याजदर १६.८३ प्रतिशत, आधारदर १०.३३ प्रतिशत रहेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया