कारबाहीमा परी ५ आईएस लडाकू मारिए
अफगानिस्तान । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) संगठनका सदस्यहरु लुकेको ठाउँलाई लक्षित गरी सुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताएका छन् ।
आतंककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारहरूलाई बताएका छन् ।
सुरक्षाबलले गरेको कारबाहीमा सशस्त्र विद्रोहीहरू बनाएका दुष्ट योजनालाई विफल भएको बताइएको छ । गत वर्ष केही घातक बम विस्फोटको जिम्मेवारी लिएका कट्टरपन्थी इस्लामिक स्टेट्स सङ्गठनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया