सुनचाँदी मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार यसको मूल्य तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन तोलामा ९२ हजार सात सय र चाँदी ११ सय ७५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
अघिल्लो दिन तेजाबी सुन तोलामा ९२ हजार नौ सय र चाँदी ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी ५ रुपैयाँले घटेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया