राष्ट्रसङ्घका महासचिव गुटेरेस भारत भ्रमणमा
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आइपुगेको विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् ।
महासचिव गुटरेसलाई छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजलगायत अन्य अधिकारीले स्वागत गरेका थिए ।
जनवरी २०२२ मा आफ्नो दोस्रो कार्यकाल सुरु गरेपछि गुटेरेसको यो पहिलो भारत भ्रमण हो । उनले यसअघि अक्टोबर २०१८ मा पनि भारत भ्रमण गरेका थिए ।
भ्रमणको क्रममा महासचिव बिहीबार ‘मिसन लाइफ’ (पर्यावरणका लागि जीवन शैली) पुस्तिका, लोगो र ‘ट्यागलाइन’को विमोचन कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहभागी हुने छन् ।
विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले महासचिव गुटरेससँग विश्वव्यापी चासोका मुद्दाका साथै संयुक्त राष्ट्रसङ्गसँग भारतको संलग्नतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने जनाइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया