अपूर्वलाई मानवीयताको आधारमा रिहा गर : गजुरेल

काठमाडौं । कलाकार मनोज गजुरेलले कमेडियन अपूर्व क्षितिजलाई मानवीयताको आधारमा रिहा गर्न माग गरेका छन् । कमेडी गर्ने क्रममा दिएको अभिव्यक्तिलाई लिएर उनले माफी मागिसक्दा पनि फेरि प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि मानवीयताको आधारमा रिहाई गर्न गजुरेलले माग गरेका हुन् ।
‘क्षमा माग्नु र क्षमा दिनु नेपाल र नेपालीका साँस्कृतिक पहिचान हुन् । अपुर्वलाई मानवीयताका आधारमा रिहा गर्न अनुरोध गर्दछु उनको मानसिक स्वास्थ्यको विशेष ख्याल गरौं ।’ गजुरेलले भनेका छन्, ‘नोट : कृपया, कमेन्टमा जातीय सद्भाव बढाउने र साँस्कृतिक एकता कायम गर्ने कुरामात्र लेखिदिनुहोला । हामी सद्भाव चाहान्छौँ, भड्काव हैन ।’
नेवार समुदायप्रति लक्षित गर्दै क्षितिजले दिएको अभिव्यक्तिको आलोचना भएपछि उनलाई पहिले पक्राउ गरिएको थियो । उनले माफी पनि मागेका थिए । तर प्रहरीले पहिले रिहाइ गरे पनि फेरि पक्राउ गरेपछि यो पछिल्लो कदमलाई लिएर लिएर सार्वजनिक रुपमा आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया