अपूर्वलाई मानवीयताको आधारमा रिहा गर : गजुरेल
काठमाडौं । कलाकार मनोज गजुरेलले कमेडियन अपूर्व क्षितिजलाई मानवीयताको आधारमा रिहा गर्न माग गरेका छन् । कमेडी गर्ने क्रममा दिएको अभिव्यक्तिलाई लिएर उनले माफी मागिसक्दा पनि फेरि प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि मानवीयताको आधारमा रिहाई गर्न गजुरेलले माग गरेका हुन् ।
‘क्षमा माग्नु र क्षमा दिनु नेपाल र नेपालीका साँस्कृतिक पहिचान हुन् । अपुर्वलाई मानवीयताका आधारमा रिहा गर्न अनुरोध गर्दछु उनको मानसिक स्वास्थ्यको विशेष ख्याल गरौं ।’ गजुरेलले भनेका छन्, ‘नोट : कृपया, कमेन्टमा जातीय सद्भाव बढाउने र साँस्कृतिक एकता कायम गर्ने कुरामात्र लेखिदिनुहोला । हामी सद्भाव चाहान्छौँ, भड्काव हैन ।’
नेवार समुदायप्रति लक्षित गर्दै क्षितिजले दिएको अभिव्यक्तिको आलोचना भएपछि उनलाई पहिले पक्राउ गरिएको थियो । उनले माफी पनि मागेका थिए । तर प्रहरीले पहिले रिहाइ गरे पनि फेरि पक्राउ गरेपछि यो पछिल्लो कदमलाई लिएर लिएर सार्वजनिक रुपमा आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया