सुपर १२ मा पुग्ने रोमाञ्चक समीकरणमा वेस्ट इण्डिजले दियो आयरल्याण्डलाई १४७ रनको लक्ष्य
काठमाडौं । टी २० विश्वकपकाे सुपर १२ मा पुग्ने रोमाञ्चक समीकरणमा वेस्ट इण्डिजले आयरल्याण्डलाई १४७ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाउँदा १४६ रन जोडेको हो । मध्यम लक्ष्य भएकोले आयरल्याण्डलाई यो लक्ष्य पछ्याउन कठिन पनि छैन । तर वेस्ट इण्डिज अनुभवी टोली हुँदा यसको फाइदा उठाउन सक्नेछ ।
ग्रुप बीबाट दुईवटा टोली सुपर १२ मा पुग्नेछन् । तर दुई खेल सकिंदा चारवटै टोली प्रत्येकले २/२ अंक जोडेका छन् ।
यस्तोमा वेस्ट इण्डिज र आयरल्याण्डबीच जसले जित्छ सोही टोली सुपर १२ मा पुग्नेछ । त्यस्तै स्कटल्याण्ड र जिम्बाबेबीचको विजेता पनि सुपर १२ मा पुग्नेछ ।
एक दिन दिन श्रीलंका र नेदरल्याण्डस् सुपर १२ मा पुगेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया