धनराज गुरुङ चढेको कार दुर्घटना
काठमाडौं । कांग्रेस उसभापति एवं स्याङजा २ का उम्मेदवार धनराज गुरुङ चढेको कार दुर्घटनामा परेको छ । चुनावी प्रचारका क्रममा बा १६च ५४४९ नम्बरको टोयटा कार दुर्घटनामा परेको हो ।
गुरुङले कालीगण्डकी ६, इम्सिलको कार्यक्रमबाट फर्किने क्रममा गल्याङ बटुवामा कार सामान्य दुर्घटनामा परेको जनाएका छन् । गाडीको अवस्था हेर्दा सडकबाट भित्ताको नालीमा आधा भाग खसेको देखिन्छ ।
दुर्घटना सामान्य भएको भन्दै कारमा सवार सबै जना सुरक्षित भएको गुरुङले बताएका छन् ।
गुरुङले स्याङजाबाट पहिलोपटक ४ मंसिरमा हुने चुनावमा प्रतिनिधिसभाको टिकट पाएका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया