सुनको मूल्य वर्षकै उच्च, एक लाख पुग्न एक सय कम
काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य तोलामा ९ सय रूपैयाँ बढेर ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
यस भन्दा अगाडि बुधबार सुनको मूल्यमा १९ सय वृद्धि भएर प्रतितोला ९९ हजार पाँच सय पुगेको हो । २०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।
बिहीबार छापावाल सुन तोलामा पाँच सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य तोलामा ९९ हजार चार सय रूपैयाँ कायम गरिएको छ ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी बिहीबारकै मूल्य अर्थात एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया