सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित, नयाँ टिम पनि घोषणा
काठमाडौं । सी जिनपिङ चिनियाँ राष्ट्रपतिको तेस्रो कार्यकालका लागि अनुमोदित भएका छन् । साथै उनले नयाँ टिमसमेत घोषणा गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न अधिवेशनले सीलाई महासचिवमा निर्वाचित गरेको थियो । चीनमा कम्युनिस्ट पार्टीको महासचिव निर्वाचित व्यक्ति नै राष्ट्रपति र सेना प्रमुख हुने प्रचलन छ ।
अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।
एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् ।
यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि तेस्रो पटक कुनै नेता सत्तामा आउन सकेका थिएनन् ।
त्यसो त, सन् १९८० पछि चीनमा सर्वोच्च पदमा १० वर्षको कार्यकाल कायम गरिएको थियो । तर जिनपिङलाई थप पाँच वर्ष सत्तामा राख्न यो नियम हटाइयो ।
तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका सीले नयाँ टिमसमेत घोषणा गरेका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया