श्रीलंकाविरुद्ध कमजोर सुरुवात गर्दै आयरल्याण्ड

काठमाडौं । टी २० विश्वकप अन्तर्गत ग्रप एको खेलमा आयरल्याण्डले श्रीलंकाविरुद्ध कमजोर सुरुवात गरेको छ । ११ ओभर सकिंदा आयरल्याण्डले ४ विकेट क्षतिमा ६६ रनमात्रै जोडेको छ ।
पाउल स्ट्रलिङले ५४ रन बनाउनुबाहेक अरु ब्याटरले प्रभावकारी प्रदर्शन गर्न नसकेका हुन् । खेलमा आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
श्रीलंका र आयरल्याण्ड दुवै टोली समूह चरणबाट सुपर १२ मा पुगेका टोली हुन् ।
प्रतिक्रिया