पोर्चुगलकाे जंगलमा आगो लगाउने ७२ जनालाई कारबाही
ऐजेन्सी । पोर्चुगलमा जंगलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ । त्यहाँको सरकारले जंगलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ ।
शनिबार नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक जना अधिकारीले सो कुराको जानकारी गराएका हुन् । उनका अनुसार सन् २०२१ मा अर्थात् अघिल्लो वर्ष ५२ जनालाई पक्राउ गरी कारबाही गरिएकामा यसवर्ष मात्र त्यसमा कम्तीमा पनि ३८ प्रतिशतले बृद्धि भई देशव्यापी रुपमा ७२ जनालाई पक्राउ गरिएको थियो ।
जंगलमा आगो लगाउने अपराध गर्ने व्यक्तिलाई सरकारले विशेष रुपमा खोज्ने गर्दछ । सरकारले यसवर्ष एक हजार एक सयभन्दा बढी व्यक्तिमा अनुसन्धान गरेर ती व्यक्ति भेटेको जनाएको थियो । उनीहरुमा गरिएको अनुसन्धानबाट ७२ जना दोषी पाइएको समाचारमा जनाइएको छ ।
यस वर्ष आगलागीबाट पोर्चुगलको कम्तीमा पनि एक लाख ११ हजार हेक्टरभन्दा धेरै जमिनको बन जंगल ध्वस्त भएको छ । यो सन् २०१७ पछिको सबैभन्दा धेरै आगलागी हो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया