पोर्चुगलकाे जंगलमा आगो लगाउने ७२ जनालाई कारबाही
ऐजेन्सी । पोर्चुगलमा जंगलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यसवर्ष पक्राउ गरी कारबाही गरिएको छ । त्यहाँको सरकारले जंगलमा आगो लगाउने व्यक्तिहरुलाई कडा कारबाही गर्ने गरेको बताइएको छ ।
शनिबार नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक जना अधिकारीले सो कुराको जानकारी गराएका हुन् । उनका अनुसार सन् २०२१ मा अर्थात् अघिल्लो वर्ष ५२ जनालाई पक्राउ गरी कारबाही गरिएकामा यसवर्ष मात्र त्यसमा कम्तीमा पनि ३८ प्रतिशतले बृद्धि भई देशव्यापी रुपमा ७२ जनालाई पक्राउ गरिएको थियो ।
जंगलमा आगो लगाउने अपराध गर्ने व्यक्तिलाई सरकारले विशेष रुपमा खोज्ने गर्दछ । सरकारले यसवर्ष एक हजार एक सयभन्दा बढी व्यक्तिमा अनुसन्धान गरेर ती व्यक्ति भेटेको जनाएको थियो । उनीहरुमा गरिएको अनुसन्धानबाट ७२ जना दोषी पाइएको समाचारमा जनाइएको छ ।
यस वर्ष आगलागीबाट पोर्चुगलको कम्तीमा पनि एक लाख ११ हजार हेक्टरभन्दा धेरै जमिनको बन जंगल ध्वस्त भएको छ । यो सन् २०१७ पछिको सबैभन्दा धेरै आगलागी हो ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया