‘विकास गर्नेलाई भोट दिन्छौँ’
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको भिमटारका ७५ वर्षीय काले माझी यसपटक विकास गर्नेलाई भोट दिने सोचमा छन् । विगतमा अनेकन आश्वासन दिएका उम्मेदवारलाई भोट उनले स्मरण गरे ।
चुनावी रमझमले छोई नसकेको माझी बस्तीमा सिँचाइ सबैभन्दा प्रमुख आवश्यकता देखिएको छ । ‘जसले सिँचाइको व्यवस्था गर्छ, उसैलाई भोट हाल्छौँ,’ माझीले भने । हालम्म १२ पटक भोट हालिसकेका उनी गाउँको विकास गर्ने उम्मेदवार नपाउँदा आफुहरुले दुःख पाएको बताउँछन् । छिमेकी टोल हराभरा हुँदा इन्द्रावती नदी किनारको माझी बस्ती भने उजाड छ ।
‘यसपाली सबैले सामुहिकरुपमा भोट हाल्ने सल्लाह भएको छ’, ५० वर्षीय तेजबहादुर माझी भन्छन्, ‘छोरानातिका लागि विकास आवश्यक छ ।’ साँगाचोकको फेदीमा पर्ने जामुने, भिमटार, एक्लेबेँसी र महादेवटारमा गरी दुई सय नौ माझी परिवारको बसोबास छ ।
चेतना अभावका कारण विगतमा खानपानकै आधारमा भोट दिनेसमेत गरेको शिक्षक गणेश माझी बताउँछन् । अब स्थानीयले मताधिकारबारे बुझ्न थालेकाले पैसा र भोज खाएका आधारमा भोट हाल्ने चलन हट्ने उनको विश्वास छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया